तिहारको मुखमा ढुबानका घर सरसफाइ गरिँदै

टीकापुर, १५ कात्तिक (रासस) : कैलालीको सत्तीकी लक्ष्मी सुनारको घर कात्तिक पहिलो साता आएको बाढीले डुबानमा प¥यो । यसपछि उहाँको परिवार तीन दिन विद्यालयमा र बाँकी १० दिन आफन्तको घरमा आश्रय लिएर बस्यो । हाल तिहार अर्थात् भाइटीका नजिकिन थालेपछि उहाँको परिवार घर फर्किएर घर सरसफाइमा लागेको छ । “घर सफा गर्दै थियौँ, घरभित्र बालुवा…