बैंकिङ सेवा चुस्त बनाउन सभामुख सापकोटाको आग्रह

चौतारा, १३ कात्तिक (रासस) : सभामुख अग्निप्रसाद सापकोटाले जनताको जीवनस्तर उठाउन बैंकहरुले किसान र मजदुर वर्गको हित हुने खालका कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको आज उद्घाटन गर्दै उहाँले सुखी नेपाली र समृद्ध नेपालको नारालाई सार्थक बनाउन आर्थिक विकास जरुरी भएको र त्यसका लागि सरकारको पूर्ण स्वामित्व रहेको…