‘आगामी निर्वाचन तीनवटै तहको एकैसाथ गर्नुपर्छ’

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं अनुशासन आयोगका प्रमुख टङ्क राईले तीनवटै तहको निर्वाचन एकैपटक गर्नुपर्ने बताउनुभएको छ । पार्टी कामको सिलसिलामा गृहजिल्ला आउनुभएका नेता राईले जनतालाई झन्झट र राज्यको खर्च जोगाउन पनि सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्नुपर्ने बताउनुभयो । प्रेस सेन्टर नेपालले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै…