काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राष्ट्रिय पशुपंक्षी अनुसन्धान केन्द्र सप्तरीबाट सार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्नुुहुँदै सांसद राउतले कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले आफ्नो गृह जिल्लामा केन्द्र सार्न लागेको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले मन्त्री फेरिएपिच्छे संस्थाहरु सारिँदा विकास निर्माणले गति नलिने बताउनुभयो…