नेपाली सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी

काठमाडौं । सेना दिवस–२०७९ को अवसरमा नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा ‘इतिहासदेखि वर्तमानसम्म’ भन्ने नाराका साथ फोटो तथा युनिट विशेष प्रदर्शनी हुने भएको छ । सैनिक केन्द्रीय पुस्तकालय अगाडिको मैदानमा शुक्रबारदेखि सुरु हुने उक्त प्रदर्शनीमा नेपाली सेनाको ऐतिहासिक विकासक्रम एवम् वर्तमानका गतिविधिको झलक प्रस्तुत गरिने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।…