‘शहीदका विषयमा विवाद नगरौँ’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रका लागि आफ्नो प्राण उत्सर्ग गरेका शहीदहरूको स्थान राजनीतिक दलका नेता तथा कार्यकर्ताकोभन्दा ज्यादै उच्च रहेको बताउँदै उनीहरूका सम्बन्धमा विवाद गर्न नहुनेमा जोड दिनुभएको छ । नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१ औँ वर्षको अवसर पारेर यहाँस्थित इजरायली राजदूतावासको सहयोगमा इजरायलमा उच्च शिक्षा हासिल गरेका नेपालीहरूको संस्था…