प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम मङ्गलबार प्रदेश लोकसेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ लाई जारी गर्नुभएको हो । प्रदेशसभाबाट पारित ऐनमा विभिन्न त्रुटि भएको पाइएपछि सरकारले संशोधन ऐन ल्याउने तयारी गरेको थियो…