जङ्गली हात्तीका बथानले गएराति शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टिका किसानको धानबालीमा नोक्सनी पु¥याएको छ । खेतबाट काटेर घरमै कुन्यू बनाएर राखेको धानबाली हात्तीको बथानले खाएर नोक्सानी गरेको हो ।चुरे क्षेत्रबाट बस्तीमा छिरेको हात्तीका बथानले धानबालीमा नोक्सनी पु¥याएकाले किसान मर्कामा परेका छन् । “दश कठ्ठा जग्गामा लगाइएको धानबाली काटेर घरमै थ्रेसिङ गर्न ल्याएका थियौं” स्थानीय किसान राजकुमार चौधरीले…