हुवासिन सिमेन्टलाई विद्युत् दिने स्वीचिङ स्टेशन सञ्चालनमा

धादिङ जिल्लामा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत् आपूर्ति गर्ने स्वीचिङ स्टेसन सञ्चालनमा आएको छ । मस्र्याङदी–स्युचाटार १३२ केभी प्रसारण लाइनअन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण गरिएको स्वीचिङ स्टेशनलाई चार्ज गरी सञ्चालनमा ल्याइएको छ । तनहुँस्थित तल्लो मस्र्याङदी विद्युत्गृहबाट आएको प्रसारण लाइन स्वीचिङ स्टेसनमा भित्रिने (लुप इन) र बाहिरिने (लुप आउट) छ । प्रसारण लाइनलाई स्वीचिङ…