काठमाडौं, २ भदौ। प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले काठमाडौंमा फोहोर थुप्रिँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा सांसद अमृता थापाले भिभिआइपी बस्ने काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न माग गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थापाले सरकारसँग यस्तो माग गर्नुभएको हो । उहाँले राष्ट्रियसभाको उपाध्यक्ष तत्काल निर्वाचन गर्न माग पनि गर्नुभयो…