कांग्रेस गोरखा सभापतिमा न्यौपाने सर्वसम्मत

नेपाली कांग्रेस गोरखाको जिल्ला पार्टी सभापतिमा नन्दप्रसाद न्यौपाने चयन हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्र्तगत आज भएको जिल्ला पार्टीको अधिवेशनमा न्यौपाने सर्वसम्मत चयन हुनुभएको हो । त्रिचालिस वर्षीय न्यौपाने यसअघि पार्टीको जिल्ला सचिव हुनुहुन्थ्यो । उहाँलाई जिल्लाका ११ वटै स्थानीय तहका पार्टी सभापतिको समर्थन रह्यो । आरुघाट गाउँपालिका–२ मान्वुका न्यौपाने विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा आबद्ध…