काठमाडौँ । साउनको पहिलो सोमबारको अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो भीड देखिएको छ। हिन्दु धर्मअनुसार साउन महिना र सोमबारको दिन भगवान् शिवको आराधना गर्ने विशेष अवसर मानिन्छ। यही धार्मिक विश्वास अनुसार आज देशभरका शिव मन्दिरहरूमा श्रद्धालुहरूको भीड लागेको छ। विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनहरू बिहानैदेखि पूजाआजा तथा दर्शनका लागि लामबद्ध भएका थिए। शास्त्रीय मान्यताअनुसार…