जहाँ विपद् त्यही समाधान भन्दै कागेश्वरी मनोहराको स्वयंसेवक ब्युरो मैदानमा

काठमाडौं । “संकटको बेला चुप लाग्ने समय अब छैन” भन्ने दृढ संकल्पका साथ कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालन गरेको दुईदिने ‘स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। ‘जहाँ विपद्, त्यही समाधान’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय जनशक्तिलाई विपद् व्यवस्थापनको अग्रपंक्तिमा उभ्याउने ऐतिहासिक प्रयासको रूपमा लिएको छ। कार्यक्रमको उद्घाटन नगर…