बाढीले बागलुङमा विद्युत आयोजना बगायो, दुई घर विस्थापित

बागलुङ । अविरल वर्षासँगै आएको बाढीले बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापमा ठूलो क्षति पुर्याएको छ। कालुङखोलामा आएको बाढीले उपल्लो कालुङखोला लघु जलविद्युत आयोजना पूर्ण रूपमा बगाएको छ। बुधबार बिहान आएको बाढीले आयोजनाको बाँध र पावरहाउस दुबै बगाएको स्थानीय गंगा आचार्यले जानकारी दिनुभयो। आयोजनाका प्राविधिक रामबहादुर क्षेत्रीले राति भागेर ज्यान जोगाएका छन्। बाढीले पछिल्लो वर्ष निर्माण गरिएको…