काठमाडौँ । राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति श्री रामचन्द्र पौडेलले आज छाउनीस्थित राष्ट्रिय संग्रहालय तथा सैनिक संग्रहालयको अवलोकन भ्रमण गर्नुभयो। संग्रहालय परिसरमा आयोजित विशेष कार्यक्रममा उहाँले ऐतिहासिक तथा पुरातात्विक सामग्रीहरूको अवलोकन गर्नुका साथै नेपाली सेनाको गौरवपूर्ण इतिहास र योगदानप्रति प्रशंसा व्यक्त गर्नुभयो। राष्ट्रपतिले सैनिक संग्रहालयका विभिन्न प्रदर्शनी कक्षहरूमा राखिएका सैन्य उपकरण, दस्तावेज, पोशाक र ऐतिहासिक…