ऐसेलुखर्क गाउँपालिका मावाको बस्तीको दुवैतिरबाट पहिरो झरेपछि ११ घर जोखिममा

पहिराका कारण ऐसेलुखर्क गाउँपालिकाका ११ घरपरिवार जोखिममा परेका छन् । यही असोज २ गतेको भारी वर्षाका कारण पहिरो जान थालेपछि वडा नम्बर ४ जलेश्वरीका ११ घर स्थानीय बासिन्दा जोखिममा परेका हुन् । जलेश्वरीस्थित मावाको बस्तीभन्दा तलबाट शुरु भएको पहिराले स्थानीय बासिन्दाको घर जोखिममा परेपछि उक्त बस्ती नै उठाउनुपर्ने अवस्था आएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो…