पोखरा, ११ भदौ । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रहरी विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को १४ औं बैठकका निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता रामशरण बस्नेतले नेपालको संविधानको धारा २६८ उपधारा २ ले प्रदेश प्रहरी संगठनले व्यवस्था गरेको साथै अनुसुची ६ अनुरुप उक्त विधेयक पेश गर्न स्वीकृत गरेको जानकारी…