गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज साँझ भएको निधनमा दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि दिनुभएको छ । गण्डकी प्रदेशको लमजुङ जिल्ला, मस्र्याङ्दी गाउँपालिकाको पुस्तुनमा विसं १९७६ असोज ७ गते घिमिरेको जन्म भएको थियो । आज साँझ वक्तव्य जारी गरी मुख्यमन्त्रीले उहाँको योगदान नेपाली साहित्यमा कालजयी भएको बताउनुभएको छ । मुख्यमन्त्री गुरुङले घिमिरे…