पहिराबाट ज्यान गुमाएकाका परिवारलाई राहत

दमौली, २८ साउन । तनहुँको म्याग्दे गाउँपालिका–६ बेलौतेमा गत असार २९ गते पहिराले घर भत्किएर ज्यान गुमाएकी १५ वर्षीया लक्ष्मी विकको परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत वितरण गरेको छ । पीडित परिवारलाई यस अगाडि सङ्घीय सरकारका तर्फबाट रु एक लाख प्रदान गरिसकिएको छ । सरकारले पहिराबाट ज्यान गुमाउने एकै परिवारका एक जनालाई रु दुई लाख…