– रामबहादुर थापा बागलुङ, २८ साउन । गत जेठ अन्तिम साता निसीखोला गाउँपालिकाका तीन कोरोना सङ्क्रमितलाई अस्पताल ल्याउन दुई दिन लाग्यो । असार पहिलो साता गलकोट नगरपालिका–११ का सङ्क्रमितलाई तीन दिनपछि आइसोलेसनमा ल्याइपु¥याइयो । दु्रत जाँच (आरडिटी) गर्दा पोजेटिभ रिपोर्ट आएपछि काठेखोला गाउँपालिकाकी महिलालाई रेडक्रसको एम्बुलेन्सले बोक्न मानेन । यी त प्रतिनिधि दृष्टान्तमात्र हुन् ।…