सीमा रक्षाको भूमिका निर्वाह गर्दै आएका बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित नयाँगाउँवासी दोहोरो असुरक्षा झेल्न बाध्य छन् । प्रदेशसभा सदस्य आइपी खरेलको नेतृत्वमा नयाँगाउँको पछिल्लो अवस्था अध्ययनको लागि नेपालगञ्जबाट पुगेको टोलीसँग भारतीय पक्षबाट हुने गरेको सीमा अतिक्रमण र वन तथा नदीजन्य पदार्थ तस्करबाट दिनहुँ असुरक्षित बन्दै गएको स्थानीयले बताएका हुन् । भारतीय सीमासँग जोडिएको नयाँगाउँ पुग्न…