सुनसरीमा बिहीबार बिहानैबाट निषेधाज्ञा जारी गरिएको छ । बुधबार राति १२ः०० बजेदेखि लागू हुने गरी साउन २६ गते राति १२ः०० बजेसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताउनुभयो । लकडाउन उल्लङ्घन गर्दै सडकमा भीडभाड भएको भन्दै कोरोना सङ्क्रमण फैदिन नदिन तथा यसलाई नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी गरिएको उहाँले बताउनुभयो ।…