चितवनस्थित अयोध्यापुरीका विषयमा अनुसन्धान शुरु गर्दै पुरातत्व विभाग

पुरातत्व विभागले चितवनस्थित अयोध्यापुरीमा रामको जन्म भएको विषयमा पुरातत्व, संस्कृति र इतिहासका विज्ञसँग छलफल गरी अनुसन्धान शुरु गरेको छ । त्रेतायुगमा भगवान् रामको जन्म नेपालकै चितवन जिल्लास्थित हाल माडी नगरपालिकामा पर्ने अयोध्यापुरीमा भएको चर्चा शुरु भएपछि विभागले विज्ञसँग छलफल शुरु गरेको प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिनुभयो । विज्ञसँग छलफलपछि स्थलगत रुपमा विज्ञको समूह अनुसन्धानका…