वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले चितवनको दासढुङ्गा–नारायणी–गाँजीपुर परियोजना पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज गाँजीपुर क्षेत्रको स्थलगत अवलोकनका क्रममा मन्त्री फुयाँलले केन्द्र, प्रदेश र स्थानीय सरकारको समन्वयमा परियोजनाको काम अघि बढाइने बताउनुभयो । उहाँले तीन तहका सरकारले कार्ययोजना बनाएर काम गर्नुपर्ने भन्दै प्रदेश सरकारका तर्फबाट आवश्यक बजेट विनियोजन गरिने…