काठमाडौं, १४ चैत । अस्वस्थ महसुस भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार रातिदेखि उनलाई शरीरमा असहज महसुस भएकाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने…