–ध्रुवसागर शर्मा, गलेश्वर, १२ कात्तिक (रासस) : जैविक र प्राकृतिक विविधताले भरिपूर्ण ढोरपाटन क्षेत्र, नेपालको एकमात्र शिकार आरक्षका कारण चर्चामा छ । ढोरपाटन क्षेत्रमा नै रहेका र सिकार आरक्षको जत्तिकै महत्व भएका उत्तरगङ्गा, ढोरबराहा र बाइसधारालगायतका धार्मिक र ऐतिहासिक सम्पदाको प्रचारप्रसार नहुँदा ती सम्पदा भने ओझेलमा परेका छन् । चारैतिर हिमालको सेता चुचुरा । हिमालको…