–विशेष प्रतिनिधि भीष्मराज ओझा दोहा, १२ कात्तिक (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’ मा सहभागी हुने क्रममा आज अपराह्न कतारको राजधानी दोहा आइपुग्नुभएको छ । नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ शुक्रबार बिहान काठमाडौँबाट प्रस्थान गरी कतार एयरको विमानबाट दोहाको हमद…