सनातन विद्वत् परिषद्को अध्यक्षमा दीर्घराज

सनातन विद्वत् परिषद्को अध्यक्षमा प्रा डा दीर्घराज घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ । विसं २०७३ मा अनौपचारिक मञ्चका रुपमा काम सुरु गरेको परिषद् गत वर्ष जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सामाजिक एवं आध्यात्मिक संस्थाका रुपमा विधिवत् दर्ता भएपछि नवरात्रको अवसर पारेर पहिलो साधारणसभा गरिएको हो । साधारणसभाले नेपाल संस्कृत विश्वविद्यालयमा लामो समय सेवा गर्नुभएका घिमिरेलाई निर्विरोध…