बहुआयामिक कृषि उपजमा सापकोटा परिवारका ३० वर्ष

गलकोट, २२ असोज (रासस) : बागलुङ नगरपालिका–४ ढोडेनीका त्रिलोचन सापकोटाको दैनिकी निकै व्यस्त छ । उहाँको दैनिकीको काम र व्यस्ततालाई आकलन गर्ने हो भने लामो सूची नै तयार हुन्छ ।  बिहान ५ः०० बजे उठेर गाई, भैँसीको स्याहारसुसार, दूध दोएर खोलापारि सहकारीको सङ्कलन केन्द्रमा पठाउने । घरमा पालिएका माछा, टर्की तथा हाँसलाई दानापानी हालेर उहाँ सोझै…