कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु २२ करोडमा निर्माण भएको ‘कर्णाली मल’ को आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले निजी क्षेत्रको लगानीबाट मल निर्माण हुनु प्रशंसनीय कार्य भएको विचार व्यक्त गर्नुभयो । “सरकारको एक्लो प्रयासले विकास र समृद्धि असम्भव…