सक्षम प्रतिनिधि छनोटका लागि अभिमत प्रदान गर्न गृहमन्त्रीको अपिल

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले आम नेपालीहरुलाई निर्भयतापूर्वक विवेकसम्मतरूपले आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आफ्नो अमूल्य अभिमत प्रदान गर्न मतदातामा अनुरोध गरेका छन् । आज एक अपिल जारी गर्दै गृहमन्त्री खाणले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा मजबुत पार्न, विधिको शासनलाई सुदृढ गरी निर्वाचनको माध्यमबाट जनतालाई सशक्त बनाउन र जनस्तरसम्म…