विकास र वातावण संरक्षणसम्बन्धी धेरै फैसला भएका छन् : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतले विकासका गतिविधि र वातावरण संरक्षणबीच सन्तुलन सुनिश्चित गर्न धेरै पटक फैसला गरेको बताउनुभएको छ। न्यायिक प्रतिष्ठान नेपालले आयोजना गरेको ‘वन र संरक्षित क्षेत्र र न्यायशास्त्र’ सम्बन्धी क्षेत्रीय गोष्ठीको उद्घाटन गर्दै उहाँले विकासका गतिविधिले वातावरणलाई हानि पुर्‍याउन नहुने कुरा स्पष्ट पार्नुभयो। “वातावरणसम्बन्धी कानूनलाई बढी प्रवर्द्धन गर्न खोजेको छ, कहिलेकाहीँ…