पाल्पामा पहिरोमा परि एक जना बेपत्ता

पाल्पाको रम्भा गाउँपालिका–३ शिखरडाँडामा पहिरोले एक जना बेपत्ता भएका छन् । शिखरडाँडाका ३० वर्षीय राजकुमार थापा सोमबार दिउँसोदेखि हराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । थापाले दाउरा बोकेर हिँडेको स्थानमा सोमबार दिउँसो ठुलो पहिरोे गएको थियो । गाउँपालिकाका कृष्ण रेग्मीले आज बिहानदेखि नै प्रहरी र स्थानीय बासिन्दाले पहिरो गएको क्षेत्रमा खोजी…