काठमाडौँ, २ भदौ । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ६८१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । संक्रमितहरुमा काठमाडौं उपत्यकामा १५९ जना रहेका छन् । जसमा काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपु्रमा ८ जना रहेका छन् ।…