काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङले शिष्टाचार भेट गर्नुभएको छ । चीनको २२ औं राजदूतका रुपमा नेपाल आउनुभएको सोङले बुधबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेटवार्ता गर्नुभएको हो । भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाकालदेखि घनिष्ठ रहेको उल्लेख गर्नुहुँदै पछिल्लो समय थप प्रगाढ, सुमधुर र…