डोटीमा पहिराले राजमार्ग अवरुद्ध

तीन दिनदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा पहलमानसिंह स्वाँर रामजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार सिलगढी–साँफे सडकअन्तर्गत डोटीको उडितोलामा आज दिउँसो पहिरो आउँदा उक्त राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । पहिराले अवरुद्ध राजमार्ग सञ्चालनका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन भए पनि वर्षा नरोकिएका कारण…