व्यापार एकीकरण रणनीतिमा उद्योग सङ्गठन सुझाव

अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तुको बजार प्रवद्र्धन निर्यात अभिवृद्धिको माध्यमबाट बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न नेपाल सरकारले ल्याएको नेपाल व्यापार एकीकरण रणनीति २०१६ को सम्बन्धमा उद्योग सङ्गठन मोरङले सुझाव दिएको छ । आगामी संशोधनमा समावेश गर्नुपर्ने विषय वस्तुका सम्बन्धमा सङ्गठनद्वारा आज यहाँ आयोजित कार्यक्रममा सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले २०१६ को रणनीति योजनामा देखिएका कमीकमजोरीको सुधार गरी…