दार्चुला, १७ चैत । महाकालीबाट पौडिएरै तीनजना नेपाली दार्चुला पुगेका छन् । नेपाल-भारत जोड्ने दार्चुला सदरमुकामस्थित पुल स्थानीय प्रशासनले नखोल्दा ३ दिनदेखि महाकाली पारि रहेका तीनजना महाकाली नदीमा पौडिएरै नेपाल आएका हुन् । महाकालीमा हेलिएरै नेपाल आइपुग्नेमा बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर १ का इन्द्रसिंह खाती र धनबहादुर धामी तथा दार्चुलाको मार्मा गाउँपालिका-३ का रमेश…