लुम्बिनी, ३१ वैशाख (रासस) : स्थानीय तह निर्वाचनको मतगणनाअनुसार जिल्लाको एक मात्र उपमहानगरपालिका रहेको बुटवल वडा नं १ को वडाअध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । बुटवल उपमहानगर–१ बाट सुरु गरिएको उक्त वडाको अन्तिम परिणामअनुसार वडाअध्यक्ष पदका स्वतन्त्र उम्मेदवार नरेन्द्रकुमार बस्नेत ६३६ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी २०७४ को निर्वाचनमा…