काठमाडौं, १६ चैत । कोभिड-१९ बाट बच्न सरकारले पुनः देशव्यापी ‘लकडाउन’लाई लम्ब्याउने भएको छ । बिशेष स्रोतकाअनुसार ‘लकडाउन’लाई लम्ब्याउने सम्बन्धी औपचारिक निर्णय गर्न आज ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । सरकार थप दुई हप्ता ‘लकडाउन’ लम्बाउने मनस्थितिमा रहेको छ । यसअघि सरकारले चैत १८ गतेसम्मलाई लकडाउनको निर्णय गरेको थियो । आजको मन्त्रिपरिषद् बैठकमा राहत…