धनकुटा, १६ चैत । लकडाउनका कारण काममा जान नपाएपछि दुई छाक टार्न मुस्किल परेका धनकुटाको जोरपाटी, सिधुवा र चित्रे बजारका मजदुरलाई युवा संघ नेपालका केन्द्रीय सदस्य बलदीप राईले खाद्यान्न वितरण गरेका छन् । दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका छथर जोरपाटी गाउँपालिकाको जोरपाटीका १२, सिधुवाका चार र धनकुटा र तेह्रथुमको सिमाना चित्रे बजारका १० घरका…